बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)  नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।

OM Sai Pathibhara Hospital

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उक्त बग्गी उपहार दिएकी थिइन् । स्वर्गीय राजा वीरेन्द्रले विसं २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गरेका थिए ।