एजेन्सी / चीनकै सबैभन्दा लामो अन्डरवाटर हाइवे टनेल सञ्चालनमा आएको छ । निर्माण सुरु गरिएको चार वर्षमै हाइवे टनेलको काम सकाएर सवारीसाधनहरुको सञ्चालनमा ल्‍याइएको हो।

सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहु मुनीबाट बनाएको सुरुङमार्गको लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ।

OM Sai Pathibhara Hospital

करिब १.५६ बिलियन डलरमा निर्माण सम्पन्न भएको यो सडक ४९.९ किलोमिटर लामो चाङझाउ  उसी राजमार्ग अन्तर्गत पर्छ । 

दुई तर्फी टनेल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको छ भने सिलिङमा एलइडी लाइटहरू जडान गरिएको टनेलमा १७.४५ मिटर चौडाइको ६ लेनको सडक निर्माण भएको छ।