धरान// धरान उपमहानगरपालिकाले फोहोर बाट ग्यास ,मल बनाउने कार्यक्रम शुरु गरेको छ ।

भेन्चर वेष्ट टु इनर्जी नामक परियोजनाले धरान उपमहानगर भित्रको फोहोरलाई प्रशोधन गरेर  ग्यास र मलको उत्पादन सुरु गरेको हो ।

OM Sai Pathibhara Hospital

मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवाले धरान–६ पानबारीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको  उद्घाटन गरेका छन् । धरान डे को उद्घाटनमा आएका प्रद्यानमन्त्री देउवा, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलगायतले उत्पादित ग्याँस र मलको अवलोकन समेत गरेका थिए।

धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरिएको बताइएको छ। धरानमा सुरु भएको फाहोरबाट मोहोर बनाउने कार्यक्रम पहिलो शहरी फोहोर व्यवस्थापनमा निजी सार्वजनिक साझेदारी अवधारणाअनुसार निजी क्षेत्रबाट स्थापित आयोजना हो ।

उत्त प्रसोधन केन्द्रबाट दैनिक करिब १ हजार किलोग्राम जैविक ग्याास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुने भेन्चर वेष्ट टु इनर्जीका कार्यकारी निर्देशक विपुल पाण्डेले बताएका छन्। 

परियोजनामा अहिलो ५० जनाले रोजगारी पाएका छन् भने आयोजना पुर्ण रुपमा सन्चालन भए ८० जना भन्दा बढिले रोजगारी पाउने बताइएको छ ।

प्रसोधन केन्द्रबाट उत्पदित जैविक ग्याँसलाई शुद्धिकरण गरी कम्पोज नेचुरल ग्याँसको रुपमा प्रयोग गर्न सकिने विज्ञको भनाई छ । यसो भएमा धरानमा रहेका तीनपाङ्ग्रे सवारी साधन (टेम्पो) मा प्रयोग गर्न सकिन्छ ।

हाल सन्चालनमा रहेका पेट्रोलबाट चल्ने तीन पाँग्रेमा समेत सिलिण्डरसहितको एक किटको जडानपश्चात सो ग्यास प्रयोग गर्न सकिने बताईएको छ । यसो हुन सके पेट्रोलको आयात घटाउन सकिने बताइएको छ ।

ग्याँसलाई टेम्पोमा रहेको सिलिण्डरमा हाल्नका लागि आवश्यक सामग्रीको निर्माण कार्य पनि धरान–७ भोटेपुलमा सम्पन्न भइसकेको छ ।

परियोजना २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण भएको जानकारी गराइएको छ।