काठमाडौँ / भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट  हुँदा २ जनाको मृत्यु, चार घाइते भएको इन्डिया टुडेले जनाएको छ ।

लुधियाना अदालतको दोस्रो तलाको बाथरुममा भएको बिस्फोट भएको जनाइएको छ ।

OM Sai Pathibhara Hospital

बिस्फोट लगत्तै प्रहरी र अग्नि नियन्त्रक  अदालतमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदालत भवनबाट धुँवा आइरहेको देखिन्छ ।

लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो ।  त्यही भएर विस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन् ।

बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन ।