झापा(एजेन्सी) अफगानिस्तानले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

तालिवान समूहले मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

OM Sai Pathibhara Hospital

काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।

सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताए ।

महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन् ।