काठमाडौं(एजेन्सी) जापानकी चर्चित नायिका सयाका कान्डाको होटलको २२ तलबाट खसेर मृत्यु भएको छ । 

सयाका होक्काइडो द्वीपको एउटा होटलमा बसेकी थिइन् । यसै होटलको २२ औं तलबाट स्थित एउटा कोठाबाट खसेपछि उनको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

३५ वर्षीया सयाका गत १८ डिसेम्बर उक्त होटलको २२ औँ तला माथिबाट खसेपछि रगताम्ये अवस्थामा होटलको बाहिरी इलाकामा भेटिएकी थिइन् ।

सयाका एक जापानी नायिका तथा गायिका थिइन् । उनी अभिनेत्री मसाकी कान्डा र पप गायक सिको मात्सुडाकी एक्ली सन्तान थिइन् ।