काठमाडौं / अमेरिकाको मिनेसोटा राज्यको एक घरमा तीन बालबालिकासहित सात जना मृत अवस्थामा फेला परेका छन् । 

सात मृतक बीचको सम्बन्ध भने प्रहरीले खुलाएको छैन् ।  प्रहरीहरूले अझै पनि मृत्युको वरपरका परिस्थितिहरू निर्धारण गर्न काम गरिरहेको छ, मुरहेड प्रहरी विभागले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

OM Sai Pathibhara Hospital

परिवारका सदस्यहरूले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको  र पीडितको परिचय केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।