एजेन्सी / इरानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टमा ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले ‘ओमिक्रोन’ सङ्क्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो ।

युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा खबर छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजना माथि समेत निगरानी गरिरहेको छ । इरानमा ६० प्रतिशत मानिसले कोरियाविरुद्धको दुई डोज खोप लगाइसकेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन् ।

OM Sai Pathibhara Hospital