काठमाडौँ(एजेन्सी) मलेसियामा केही दिनदेखि निरन्तर परेको वर्षासँगै आएको बाढीका कारण ३५ हजार भन्दा बढी नागरिक प्रभावित भएका छन् । 

वर्षाका कारण पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको सरकारी प्रकोप नियन्त्रण विभागले जनाएको छ । 

OM Sai Pathibhara Hospital

बाढी र पहिरोका कारण करिब सात ओटा प्रान्त बढी प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।

मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरूलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।