एजेन्सी / म्यानमारमा  सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको हत्या गरेको विवरण सार्वजनिक भएका छ ।

जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । 

OM Sai Pathibhara Hospital

सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ ।

हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरूको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । 


यिन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । सेनाले चरम यातना दिएर सर्वसाधारणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन् । ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने ।