काठमाडौँ(एजेन्सी)  दक्षिण अमेरिकी देश चिलीमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्नेका छन् ।  

उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेर ३५ वर्षकै उमेरमा राष्ट्रपति बनेका हुन्।

OM Sai Pathibhara Hospital

आइतबार भएको राष्ट्रपतिको चुनावमा बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत पाएका छन् ।

कास्टले मतदान सम्पन्न भएको डेढ घण्टामै हार मानेका थिए। उनले हार स्वीकार गर्दा आधा मतपेटिका खोल्नै बाँकी थियो। 

गणना भएका मतअनुसार भने बोरिकले ५६ र कास्टले ४४ प्रतिशत मत ल्याएका थिए । उम्मेदवारहरू दुवैले फरक फरक धारणासहित चुनावी मैदानमा आफूलाई प्रस्तुत गरेका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचार विरोधी प्रदर्शनमा समर्थन गरेका थिए।

चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिक राष्ट्रपति नियुक्त भए लगत्तै सबैभन्दा कान्छो उमेरको राष्ट्रपतिको रेकर्ड बनाउने छन्।