झापा(एजेन्सी) इराकको मध्य बगदादमा रहेको अमेरिकी दूतावास ग्रिन जोनमा विद्रोहीको समुहले रकेट आक्रमण गरेका छन् । 

ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।

OM Sai Pathibhara Hospital

आईएनएका अनुसार एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने सि–आरएएम प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो । 

उक्त घटनाबाट भएको क्षतिको विवरण भने आएको छैन । सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ।

केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन्।