अचानक / बढेको चिसोका कारण धनुषासहित प्रदेशको विभिन्न जिल्लाको जनजीवनमा असर परेको छ । अत्याधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । 

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

OM Sai Pathibhara Hospital

वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । रुघाखोकी, ज्वरो, झाडापखाला जस्ता रोगका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।