फिलिपिन्स(एजेन्सी) फिलिपिन्समा आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आधिका कारण एक करोड ३० लाख मानिस प्रभावित भएका छन् ।

OM Sai Pathibhara Hospital

फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ का कारण बिहीबार हजारौं मानिसहरू आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका थिए ।

दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन ।

मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो ।

तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा करोडौँको क्षति भएको छ । सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन भने बिजुलीका तार र खम्बाहरू ढलेका छन् ।