गुल्मी / गुल्मीमा भीरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मुसिकोट नगरपालिका –१ सिम्लेका २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियार रहेका छन् । 

OM Sai Pathibhara Hospital

मुसिकोट नगरपालीका –१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर उनीहरु घाइते भएका थिए । 

घाइते उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।