काठमाडौँ / इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेको कुर्दिस्तान नेपाली समाजले जनाएको छ । 

उनीहरू चडेको सवारीसाधनलाई कुर्दिस्तानको अर्विलमा बाढीले बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । अविरल वर्षापछि इराकमा आएको बाढीले अर्विललगायतका क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।

OM Sai Pathibhara Hospital

शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरूले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।

कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ । कुर्दिस्तान नेपाली समाजका महासचिव विनोद श्रेष्ठले सात वर्षको बसाइमा आफूले इराकमा वर्षाले यति धेरै क्षति पुर्‍याएको नदेखेको बताए ।