डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका –८ लडागडाको बेड गाउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाउ घोषणा गरिएको छ । 

गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा आयोजित कार्यक्रममा  वडाध्यक्ष रामबहादुर खड्काले उक्त गाउलाई बालविवाह मुक्त टोल घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उक्त वडा यसअघि जिल्लामा सबैभन्दा बढी बालविवाह हुने वडाका रुपमा परिचित थियो । अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी दिए ।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकामा अहिले ‘विहावारी २० वर्ष पारी’ नारालाई सार्थक बनाउन थालिएको छ ।