बिर्तामोड (राजधानी दैनिकबाट) कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ ।

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् । तर, महामन्त्रीमा भने देउवा समूहबाट उम्मेदवार बनेका डा। प्रकाशसरण महत र प्रदीप पौडेल दुवै जना पराजित बने ।

OM Sai Pathibhara Hospital

सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दाम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव गरी आठ जना देउवा समूहबाट उम्मेदवार बन्दै निर्वाचित भएका हुन् । चौधरी कृष्ण सिटौला समूहका भए पनि महाधिवेशनमा सहकार्य भएको थियो ।

यसरी हेर्दा कांग्रेसको १३ पदाधिकारीमध्ये देउवा समूहतर्फका मात्रै आठ जना केन्द्रीय समितिमा निर्वाचित बनेका छन् । कांग्रेसले महासमिति बैठकबाट आफ्नो विधानमा संशोधन गर्दै पदाधिकारीको संख्या १३ पु¥याएको थियो । संशोधित विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको व्यवस्था छ ।

यसअघि भने एक सभापति, दुई उपसभापति मनोनीत, महामन्त्री एक निर्वाचित र एक मनोनीत गरी दुई जना र सहमहामन्त्री एक जना रहने व्यवस्था थियो । तर, देउवाले सहमहामन्त्रीमा एउटा संख्या थपेर सुनिल थापालाई मनोनीत गरी ल्याएका थिए ।

कांग्रेस विधानमा कोषाध्यक्ष पनि पदाधिकारीमा रहने व्यवस्था छ । तर, सो पद निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पूर्ति गर्ने सुविधा विधानले सभापतिलाई दिएको छ ।

हालै सम्पन्न महाधिवेशनमार्फत कांग्रेसको देउवा टिममा उपसभापतिमा खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दम्बे, जीवन परियार, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, बद्री पाण्डे, उमाकान्त चौधरी र महेन्द्र यादव गरी १३ जना निर्वाचित बनेका छन् ।

उपसभापतिमा निर्वाचित बनेका खड्का देउवा टिमका निर्णयकर्ता मानिन्छन् । उनी हरेकजसो महत्वपूर्ण निर्णयमा देउवाको मुख्य सहयोगीका रूपमा देखिँदै आइरहेका छन् । महामन्त्रीमा निर्वाचित शर्मा पनि प्रवक्ताका रूपमा देउवा टिममा नै थिए । तर, महाधिवेशनअघि भने उनी प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका हुन् ।

यसैगरी, महामन्त्रीमा निर्वाचित थापा र शर्मा आम कांग्रेस कार्यकर्ताले भरोसा र विश्वास गरेका दुई पात्र हुन् । उनीहरू दुवैले १४औं महाधिवेशनमा पार्टीलाई रूपान्तरण गर्ने एजेन्डा अघि सारेका थिए । थापा डा। शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्दै निर्वाचित भए ।

अहिले कोइराला समूहबाट उम्मेदवार बनेका धेरै नेताको कांग्रेस केन्द्रीय समितिमा इन्ट्री भएको छ । उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ छन् । यस्तै, महामन्त्रीमा गगन थापा निर्वाचित भए भने सहमहामन्त्रीतर्फ दलित समूहमा जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित बनेका छन् ।