झापा / जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको छ । ओशाका स्थित ८ तले भवनमा आगलागी भएको हो ।

शुक्रबार ओकाशाको सपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।

एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ।

आगलागीसँगै ओसाकाको मध्य भागमा अवस्थित किटावार्डमा कयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।

आगलागी हुनुको कारण हालसम्म खुलेको छैन ।