पाकिस्तान(एजेन्सी) पाकिस्तानको कराँची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या गरिएको छ । सामाजिक कार्याकर्ता २४ वर्षीया सबा असलमको चक्कु प्रहार गरी हत्या गरिएको हो । 

घरबाट बाहिर निस्कने बितीकै असलममाथि हमला भएको र घटना भएलगत्तै अब्बासी शहीद अस्पताल पुऱ्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको बताइएको छ । असलमलाई चक्कु प्रहार गर्ने उनकै छिमेकी रहेको प्रहरीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए ।

असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र विधवा महिलाका लागि काम गर्थ्यो ।