बिर्तामोड / बिभिन्न सामाजिक कामहरूमा सकृय रहेका कचनकवल ६ निवासी निश्चल दाहालले वैवाहिक बर्षगाठको अवसरमा विद्यालयमा खाना खुवाएका छन् । दाहालले गत आइतबार नजिकैको दारुल आवासीय विद्यालयमा विवाह बर्षगाठको खुशी मनाउँदै शिक्षक र विद्यार्थीलाई खाना पकाएर खुवाएका हुन् ।

खुशीको तौल हुन्न, परिधि हुदैन, जति बाँड्यो त्यति बढ्छ भन्ने दाहाल, उनको श्रीमती विदेशमा रहेकाले बालबालिका सग खुशी साट्न विद्यालय पुगेको बताउछन । उनले स्थानियको सहयोगमा आफैँ खाना पकाएर खुवाएका थिए । दाहालले खुशी स-सानो कुरामा पाइन्छ र त्यो बाड्न संकोच मान्न हुन्न भन्दै, यो अवसर प्रदान गरेकोमा स्कुल प्रशासनप्रति आभार प्रकट गरेका छन् । 

OM Sai Pathibhara Hospital

कचनकवल ६ मा अवस्थित दारुल आवासीय विद्यालयमा पहिलो पटक यस्तो कार्यक्रम भएको भन्दै शिक्षक र विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन् ।  
सामाजिक कार्यमा वर्षौ देखि लागि परेका दाहाल एनआरएनए युएईका महासचिव पनि हुन्।