एजेन्सी / चीनले अफगानिस्तानलाई मानवीय सहायता सम्बन्धी सामग्रीको दोस्रो चरण पठाएको छ ।

दोस्रो चरणको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।


रेलमार्फत ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्‍याइएको थियो । अफगानिस्तानको तालिवान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो ।

अफगानिस्तानका लागि रेलमा ती सामग्री  ल्याइएको बताइएको छ । ती सामग्रीहरूमा ७० हजार वटा ब्लाङकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।

चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो ।

अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर त्यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता त्यहाँका नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको बताइएको छ ।