सिन्ह्वा(एजेन्सी) यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहको हवाई कारबाहीमा परी दुई सय भन्दा धेरै हुर्थी विद्रोहीहरु मारिएका छन् । 

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत देखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । शनिबार देखि मारिब प्रान्तमा सेनाले निरन्तर रुपमा गरेको हवाई कारवाहीमा परी दुई सयको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

मारिब क्षेत्रमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । सेनाहरूले शनिबारदेखि यमनको विभिन्न क्षेत्रमा कम्तीमा ३६ ओटा साना ठूला आक्रमणहरू गरेको पाइएको छ ।

शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरूका कम्तीमा पनि २१ ओटा आश्रयस्थल र केही सवारी साधनहरू ध्वस्त पारिदिएको बताइएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।