झापा (एजेन्सी) चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । 

कम्पनीका एक सहकर्मी र क्लाइन्टरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी उनलाई अलिबाबाले पदमुक्त गरेको हो । 

OM Sai Pathibhara Hospital

महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निष्कासन गरिएको महिलालाई थमाइएको एउटा पत्रमा उल्लेख छ । 

आफूमाथि दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् । कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् ।

महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् ।