यांगुन(एजेन्सी) एक वर्षदेखि घरमै नजरबन्दमा रहेकी वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । 

असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लागेकी सुकीलाई म्यानमारको सैनिक सरकारले सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । 

OM Sai Pathibhara Hospital

यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

फेब्रुअरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै अ‌ाएको छ ।

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभिन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।