एजेन्सी / पछिल्लो २४ घन्टामा भारतमा १७ जनामा ओमिक्रोन भाइरस पुष्टि भएको छ । राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजना गरी भारतमा एकैदिन  १७ जनामा कोरोनाको नयाँ भेरीयन्ट ओमिक्रोन देखापरेको हो । 

भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।  यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।   अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्याण्ड्ससहित २५ देशमा ओमिक्रोन देखिएको छ ।