झापा / ट्विटरले चीनसहित छ वटा देशका विभिन्न संघ संस्थाको तीन हजार पाँच सय अकाउन्ट बन्द गरेको छ । 

सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले छ देशका तीन हजार पाँच सय अकाउन्ट बन्द गरेको हो । 

OM Sai Pathibhara Hospital

ट्विटरले चीनको अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई होच्याउने गरी पोष्ट गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट बन्द गरिदिएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

चीनको सिनजियाङ प्रान्तमा बसोबास गर्दै आएका दश लाख उहिगुर मुसलमानहरुलाई चीन सरकारले आम जनतालाई भन्दा फरक व्यावहार गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायहरूले चीन सरकारको आलोचना गर्दै आइरहेका छन् । 

चीन सरकारले फेसबुक र ट्विटरमा प्रतिबन्ध लगाएको छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै आएको छ ।  

ट्विटरले बेइजिङ समर्थित २०४८ अकाउन्ट बाहेक सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ । 

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिदिएको छ । 

त्यस्तै, नागरिक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट र राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएको बताइएको छ ।