एजेन्सी  / अमेरिकाको मिशिगनस्थित एक हाइस्कुलमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक सहित आठ घाइते भएका छन् । 

अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी रहेका छन् ।

OM Sai Pathibhara Hospital

१५ वर्षका संदिग्धले उक्त विद्यालयमा सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चलाए उक्त घटना घटाएको प्रहरीले जनाएका छन् ।

डेट्रोयटबाट लगभग १५ मिल टाढा अक्सफोर्ड शहरमा गरिएको हमलाको पछाडि हमला कर्ताको उद्देश्य के थियो, त्यो स्पष्ट हुन सकेको छैन ।