एजेन्सी / अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।  

कोरोना महामारी बढ्दै गएको र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस अझ खत्रा भएकाले न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल गरेका हुन् । 

OM Sai Pathibhara Hospital

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने होचुलले बताए । 

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ । 

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्न आह्वान गरेको छ । 

त्यसैगरी बेलायत, क्यानडा लगायत युरोपेली मुलुकहरूलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।