एजेन्सी / भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । लगातार परेको वर्षाका कारण आएको बाढीमा परी १०० भन्दा बढी बेपत्ता भएका छन् ।  

बाढीले विषेश गरेर आन्ध्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुलअनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् ।

OM Sai Pathibhara Hospital

खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ ।

उनीहरूका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ ।