एजेन्सी / एक पाकिस्तानी महिला सांसदको गोप्य भिडियो सार्वजनिक भएको छ । पञ्जाब प्रान्तकी महिला नेता सानिया आशिकको अश्लील भिडिओ सार्वजनिक भएको हो ।
उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन् । सानियाले भिडियोबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् ।
लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् ।
सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको भिडिओ भाइरल भइरहेको आरोप लगाएकी छन्।
त्यसमा देखिएकी महिला सोनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ । विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन् ।
उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्राउ गरेको हो ।