एजेन्सी  / क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा तुफानका कारण सडक र रेल सेवा अवरुद्ध भएपछि संकटकाल घोषण गरिएको छ । 

कोलम्बियामा गत आइतबार राति ठूलो तुफान आएको थियो । तुफानमा परेर हजारौँ मानिसहरू प्रभावित भएको बताइएको छ । 

OM Sai Pathibhara Hospital

उक्त क्षेत्रमा विपत्तिले जनजीवन प्राभावित भएपछि त्यहाँका बासिन्दाहरूको सहायताका लागि क्यानडाको आर्मी फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन् ।

बिबिसीका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।