काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबार २८०० अङ्क भन्दा माथि उक्लिएको छ। आज नेप्से परिसुचक १६.९५ अङ्कले बढेर २८०१.५२ मा पुगेको हो।
‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।

गत सोमबार देखि बढ्न थालेको सेयर बजारले आजपनि निरन्तरता पाएको हो । आज सेयर बजारमा कारोबार भएका ९४ कम्पनीको सेयर मूल्य उकालो लागेका छन् भने ८८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
आज २२४ कम्पनीका सेयर ७७ हजार ५ सय १८ पटक कारोबार भएको छ । १ करोड १९ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार पञ्चकन्या माई हाइड्रो पावर तथा उपर तामाकोशीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।