बिर्तामोड / नेपाली बजारमा आज साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य पाँच सय रुपैयाँले घटेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महासङ्घलले जनाएको छ । 

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । 

मंगलबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महासङ्घले जनाएको छ ।