मोरङ / मोरङको इटहरीस्थित ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । 

पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो । आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । 

विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहबी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।