काठमाडौं//नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभाग ललितपुरले १२ जनाविरुद्ध मुद्दा  चलाएको छ।

रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जनाविरुद्ध मुद्दा चलाएको विभागले बताएको छ।

OM Sai Pathibhara Hospital

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको उनीहरुमाथि आरोप छ। 

आज एक सुचना जारि गर्दै विभागले उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको जानकारी गराएको छ। 

 अनुसन्धानका क्रममा उनीहरुबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ ।

साथै, भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ ।