झापा //झापामा नक्कली मल बनाएर बिक्री गर्ने गरेको पाइएको छ।
झापाको कनकाई नगरपालिका- ३ सुरुङ्गा को तिलक पौड्याल को घरबाट नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाइ बिक्रीका लागि लैजान लागेको मल फेला पारिएको हो।
इलाका प्रहरी कार्यालय सुरुङ्गा का प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले नक्कली मल फेला पारेको हो ।
१६ बोरा तयारी नक्कली पोटास र बनाउँदै गरेको अवस्थाको केही बोरा भईमा राखिएको नुन र रातो माटो बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा बरामद भएको बताइएको छ।
त्यसैगरी सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटास समेत फेला पारिएको बताइएको छ। प्रहरीले घरधनी तिलक पौडेल र नक्कली मल बिक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेको छ।
शिविरमा गएको प्रहरीलाई देख्नासाथ नक्कली पोटास बनाउने ४ जनाको समूह भने फरार भएको प्रहरी नायब निरीक्षक जिम्बाले बताएका छन्।






































