एजेन्सी / नेब्रास्काको चिडियाखानामा रहेका लोकप्रिय तीन हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुने चितुवाको नाम एभरेस्ट, मकालु र रान्नी थियो ।

द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती तीन हिउँ चितुवाले राम्रा र रमाइला भएकै कारण चर्चा कमाएका थिए । चिडियाखानामा घुम्न आउनेका लागि यिनै चितुवा आकर्षणको केन्द्र विन्दु थिए।

OM Sai Pathibhara Hospital

यिनलाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार तीनै चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको हो। 

यही चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो। तिनीहरू भने अहिले निको भइसकेका बासिङटन पोस्टले लेखेको छ।

गत महिना लिंकन चिडियाखानाका केही जनावरमा कोरोनाका लक्षण देखिएपछि तिनीहरूको परीक्षण गरिएको थियो। त्यसमध्ये अधिकांशलाई कोरोना देखिएको थियो। यो चिडियाघरमा कोरोना देखिएको यो नै पहिलोपटक थियो।