एजेन्सी  / भारतको बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका एक पत्रकारको हत्या भएको छ । पत्रकार २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो ।

झाको शव शनिबार आधा जलेको अवस्थामा एक सडकमा फेला परेको थियो । झालाई अज्ञात समूहले गत १२ नोभेम्बरमा अपहरण गरेका थियो । उनको हत्याको संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । 

OM Sai Pathibhara Hospital

समाचार सङ्कलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृतकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्वीकार गरेका थिए । 

अस्पताल सञ्चालकको योजनामा उनको हत्या भएको पीडित परिवारको दाबी छ ।