एजेन्सी / इक्वेडरको एक जेलभित्र झडप हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै भने २५ जना घाइते छन् । 

यस अघि गत सेप्टेम्बरमा सोही जेलमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । 

OM Sai Pathibhara Hospital

गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । 

गत सेप्टेम्बरमा भएको हमला अहिलेसम्मकै सबैभन्दा खराब थियो । यतिबेला एक ग्याङका सदस्यले अर्को ग्याङका सदस्यमाथि हमला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जेलभित्र सयौँ प्रहरी अधिकारीहरू खटाएको बताइएको छ ।