पेट्रोलिय पदार्थमा भएको पछिल्लो मूल्यवृद्धिको विरोधमा यतिबेला सत्तारुढ दल र विपक्षी पार्टीका युवा विद्यार्थीले आन्दोलन चर्काएका छन् ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाल आयल निगमले बुधबारबाट इन्धनको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धि पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ ५८ पैसा , डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ ८० पैसा घाटा रहेको भन्दै निगमले मूल्यवृद्धि फिर्ता लिन नसकिने जनाएको छ ।

OM Sai Pathibhara Hospital


आन्दोलनकारीले चर्को सरकारी कर घटाएर भएपनि मूल्य समायोजन गर्नु पर्ने माग गरिरहेका छन् । तर निगमले भने खुला सिमानाका र भारतबाट आउने सवारीसाधनले आफ्नो मुलुक फर्किने क्रममा इन्धन भरेर जाने भएकाले मूल्य घटाउन नसकिने बताएको छ ।
विगतमा भएको मूल्यवृद्धि भन्दा यसपटकको मूल्यवृद्धि भने समय र परिस्थितिका कारण भिन्न रहेको छ । स्वदेशमा उत्पादित विद्युत खेर गइरहेको समयमा भएको यसपटकको मूल्यवृद्धि भने मुलुक र नागरिकको हितमा रहेको छ ।