काठमाडौं(  अन्नपूर्ण पोष्ट दैनिक बाट ) । नेपाली कांंग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।


OM Sai Pathibhara Hospital

संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् ।


पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन् । शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् । त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बाहिर रहेको उनी निकट नेताहरूको भनाइ छ ।


१० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौँबाट आफू निकट मन्त्री नपाएपछि नेता सिंह पौडेलसँग असन्तुष्ट बनेका हुन् । मन्त्रिपरिषद् विस्तारमा सिंह पक्षलाई मन्त्रीमा सिफारिस गर्ने विषयमा पौडेल समूहमा छलफलसमेत नभएको नेताहरू बताउँछन् । त्यति बेला पौडेल निकट दिलेन्द्र बडू कानुनमन्त्री बने भने शशांक कोइराला निकट मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका थिए ।