काठमाडौं / नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ ।

निगमले थाइ एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो । 

OM Sai Pathibhara Hospital

उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइन सहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । 

निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।