एजेन्सी / म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । 

फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेना विरुद्धको असन्तोषलाई प्रोत्साहित गरेको भन्दै म्यानमारको फौजी अदालतले ११ वर्ष जेल सजाय सुनाएको हो । 

OM Sai Pathibhara Hospital

फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो । फेनस्टरजस्तै अरु पत्रकार पनि छन् जसलाई यसै वर्ष सैन्य कू पछि हिरासतमा लिइएको छ ।

फ्रन्टियरका अनुसार फेनस्टर यसअघि स्वतन्त्र समाचार साइट म्यानमार नाउमा काम गर्दथे । यी आरोप त्यतिबेलाको उनको कामका कारण नै लगाइएको थियो । 

फ्रन्टियरले आफ्नो बयानमा भनेको छ, –‘उनी प्रतिबन्धित मिडिया हाउस म्यानमार नाउका लागि काम गर्दथे भन्ने कुरालाई आधार बनाएर यी सबै अभियोग लगाइएको हो । डेनीले जुलाई २०२० मा म्यानमार नाउबाट राजिनामा दिएका थिए र त्यसको अर्को वर्ष उनले फ्रन्टियरमा जागिर खाएका थिए । मे सन् २०२१ मा गिरफ्तारीका बेला उनी ९ महिनादेखि हामीसँगै काम गरिरहेका थिए । उनलाई यो अभियोगमा दोषी पाइनु निराधार हो ।’

अमेरिका फेनस्टरको रिहाईको कोसिस गर्दै आएको छ । म्यानमारमा अमेरिकी दुतावासले यसबारे हाल कुनै प्रतिक्रिया दिएको छैन ।