बिर्तामोड / शुक्रबार सुनको मूल्य चार सयले बढेर तोलाको ९४ हजार चार सयमा कायम छ। अघिल्लो दिन सुन ९४ हजार प्रतितोलामा कारोबार भएको थियो।

चाँदी पनि ३५ रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहको छ।