काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । 

सेयर कारोबार समयमा नै बैंकको सञ्चालक समिति बैठक बसेर लाभांश घोषणा गरिएको र यसले मूल्यमा असर परेको भन्दै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रभु बैंकलाई स्पष्टीकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । कारोबार समयमा नै बैठक बसी लाभांश घोषणा गर्न नमिल्ने भए पनि बैंकले १ बजे बैठक बसी निर्णय गरेको भन्दै जवाफ पेश गर्न नेप्सेले भनेकाे हाे ।