बिर्तामोड / साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सयले बढेको छ ।
मङ्लबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोही मूल्य नै कायम भएको थियो ।