काठमाडौँ / सरकारले मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई पाँच लाख ५० हजार राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

गत असोज २४ गते सुकुमबासी भन्दै बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

OM Sai Pathibhara Hospital

हस्तक्षेप गर्दा सुरक्षाकर्मी र सुकुम्बासी समुहबीच झडप भएको थियो । झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । 

मृतकका परिवारलाई गृहमन्त्रालयले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय गरेको छ ।

यसअघि प्रदेश सरकारले पनि उक्त घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।