एजेन्सी / नाइजरको एक विद्यालयमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । नाइजरको मराडी क्षेत्रमा सोमबार बिहान कक्षाकोठामा पढाई भइरहेका बेला आगलागी भएको हो । 

आगलागीमा परी थुप्रै बालबालिका घाइते भएका छन् । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीका अनुसार यी सबै विद्यार्थी ५ देखि ६ वर्षका थिए । 

OM Sai Pathibhara Hospital

नाइजरमा काठ, घाँसपात र परालबाट कक्षाकोठा बनाइन्छ । यस्ता कक्षाकोठामा भारी सङ्ख्यामा विद्यार्थी बस्छन् जबकी इट्टाले बनाइएका कक्षा निकै कम छन् । 

स्थानीय मिडियालाई शहरका मेयर चाइबू अबुबकरले दिएको जानकारी अनुसार सोमबारको आगलागीमा यस्ता तीन कक्षा ध्वस्त भएका छन् ।

नाइजरको स्कुलमा आगलागी हुनु असामान्य होइन तर यसमा धेरैको मृत्यु हुने गर्दैन ।