भैरहवा / रूपन्देहीमा एक महिलाले जन्माएका चारजना शिशु मध्ये दुई जनाको मृत्यु भएको छ । 

एकको शनिबार र अर्कीको आइतबार मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

अस्पतालका अनुसार समय अगावै जन्मिएको, तौल कम भएको र प्रतिरोधात्मक क्षमता नभएकाले शिशुहरूको मृत्यु भएको हो ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका –१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले साउन ९ गते दिउँसो चार छोरीलाई जन्म दिएकी थिइन् । 

आर्थिक स्थिति कमजोर रहेकी सीताका छोरीहरूको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसी नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो ।

पहिलो शिशुको तौल एक हजार एक सय ग्राम, दोस्रोको एकहजार ११५ ग्राम, तेस्रोको एक हजार ६० ग्राम र चौथोको एकहजार १३० ग्राम थियो । 

हाल आमा सामान्य वार्डमा र दुई शिशुहरूलाई एनआईसीयूमा राखेर उपचार गरिएको छ ।